पोखरा/
पोखरामा जारी दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता प्रतियोगिता सोमबार सकिदैछ । गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपाल स्थित चिनिया राजदूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र ओभरसिज चाइनिज एसोसिएसन पोखराको सहआयोजनामा भएको प्रतियोगितामा सोमबार सेमिफाइनल र फाइनल चरणका खेल हुनेछन् ।
ड्रागन बोट प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने ११ समूह, चीनका विभिन्न प्रान्तबाट प्रतिनिधित्व गर्ने ८ समूह र सिंगापुरबाट प्रतिनिधित्व गर्ने १ गरी २० समूहको छ । प्रतियोगितामा आइतबार २ सय मितर र ५ सय मिटरतर्फ पहिलो चरणका खेल भएका छन् ।
प्रतियोगिताका विजेताले ५ हजार अमेरिकी डलर, दोस्रो हुनेले २ हजार र तेस्रो हुनेले १ हजार २ सय डलर पुरस्कार पाउनेछन् । सहभागी अन्य सबै टिमलाई प्रोत्साहन स्वरूप ५ सय डलर प्रदान गरिनेछ ।