Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव
- नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि परीक्षण सञ्चालन सुरु
- प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
- जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा
- पशुपतिनाथमा विशेष पूजा
- इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
- एचआइभीका नयाँ रोगी पहिचान
- विकास आयोजनाको स्थलगत अनुगमन गर्दै सांसद ढकाल
- भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
- सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो
बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता सुरु
पोखरा,
पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही जेठ २७ देखि छैटौँ संस्करणको खुला पुरुष तथा महिला डुङ्गादौड प्रतियोगिता सुरु भएको छ।
बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा हुने प्रतियोगिताले बेगनासताललाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने साथै तालको महत्वबारे उजागार गर्दै जल दुर्घटनासम्बन्धी सचेतना फैलाउने उद्देश्य राखिएको समितिका अध्यक्ष नवाराज बाँस्तोलाले बताउनुभयो ।
बाँस्तोलाका अनुसार पुरुषतर्फको दौड बेगनासताल तथा डुङ्गाघाटदेखि रातोटुँडा र कँडेलटुँडाको बीच भागसम्म करिब दुई किलोमिटर दूरीमा हुनेछ । महिलातर्फको प्रतिस्पर्धा बेगनासताल डुङ्गाघाटदेखि पिप्लेटुँडासम्म एक किलोमिटर दूरीमा सञ्चालन गरिनेछ । यसले खेल पर्यटनमार्फत आन्तरिक पर्यटक आकर्षित गर्ने विश्वास आयोजकको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धनमा हुने प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथम हुने टोलीले रु १५ हजार, द्वितीय हुनेले रु १० हजार, तृतीय हुनेले रु पाँच हजार तथा सान्त्वना स्थान प्राप्त गर्ने टोलीले रु तीन हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने निर्णायक समितिका संयोजक रविराज कँडेलले जानकारी दिनुभयो । प्रतियोगितामा महिला र पुरुषतर्फ गरी २२ टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रत्येक टोलीमा तीन जना डुङ्गा चालक रहनेछन् ।