सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

दुर्गा प्रसाईको आन्दोलनमा समर्थन जुट्दै

काठमाडौं :

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सबै सम्पती आफ्नो सकेर भएपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतलाई नछाड्ने चेतावनी दिएका छन्। हिजो झापामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओली र बस्नेतलाई सो चेतावनी दिएका हुन्। हजारौँको संख्यामा उपस्थित भएका सर्वसाधारणलाई सम्बोधन आफुलाई मार्न सुटर समेत पठाइसकेको आरोप लगाएका छन्।

IVF Big

उनले भने,‘मैले बैकको रिन तिरेन भन्छन् कि,मैले पाँच समय करोड रिण लिदा ५ हजार करोडको सम्पती धितो राखेको छु। ति बिर्तामोडमा,तपाईहरु पुग्नुभएको छ त? बिर्तामोडमा ५ बिगा जग्गा र त्यत्रो बिल्डिङ भएको मान्छे । मैले तिर्न सकिन भने मेरो सम्पती लिलाम गरेर लैजाओस्।’

उनले बैकको रिण लिएपछि तिर्न नसकेपछि अभियन्ताका रुपमा उदाएको आरोप लाग्दै आएको छ। तर, उनले आफुले कसैको पनि रिण नलागेको स्पष्टिकण दिँदै आएका छन्। दुई साता अघि काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा एमालेका भातृ संगठनले उनलाई मोसो दलेपछि प्रसाई एमालेप्रति आक्रोशित बन्दै आएका छन्।

उनले मंसिर ७ गते काठमाडौंमा हुने नागरिक बचाउँ अभियानका लागि यतिबेला तराईका विभिन्न जिल्लामा नागरिकलाई सम्बोधन गर्दै आएका छन्। हिजो मात्रै जनकपुरमा उनले भाषणा दिएका थिए।

Leave A Reply

Your email address will not be published.