सुचना, समाचार र मनोरन्जन
jaar

फिल्म ‘दिमाग खराब’को प्रदर्शन मंगलबारसम्म स्थगित नगर्ने सहमती

काठमाडौं :

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को प्रदर्शन स्थगित नहुने भएको छ । बुधबार हल सञ्चालकले दर्शक बढ्दा पनि शो घटाएको भन्दै विरोधमा भोलीबाट फिल्म हलबाट उतार्ने चेतावनी दिएको थियो। तर, बिहीबार फिल्म निर्माता र प्रदर्शक संस्था चलचित्र संघबीच प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो ।

बिहिबार संघको कार्यालय विशालनगर काठमाडौंमा फिल्म ‘दिमाख खराब’टिम र हल सञ्चालक संघको छलफलपछि प्रदर्शन नरोकिने भएको हो। संघका महासचिव नरेन्द्र महर्जनले दर्शकको मागअनुसार शो बढाउँदै जाने सहमति भएको र सोही अनुसार अगाडी बढ्दै जाने जानकारी दिए।

निर्माण टिमले राखेको सर्त फिल्म चलुञ्जेल ५० प्रतिशत सेयर कायम गर्नुपर्नेमा भने सहमति जुट्न सकेन । यसका लागि मंगलबार पुनः अर्को चरणको बैठकमा यस बारेमा छलफल भएको बताइएको छ।

Leave A Reply

Your email address will not be published.