सुचना, समाचार र मनोरन्जन

पोखरामा विश्व शान्ति पुजाको तयारी पुरा 

पोखरा ।

पोखरामा गुम्बा राप्ने (प्राण प्रचिस्ठा) पाठ वाचन प्रज्ञा पारामिता (काग्युर) पाठ वाचन विश्व शान्ति पूजाको तयारी पुरा भएको छ ।

Chaka Panja

बैदाम तामाङ सेवा समाज पोखराको लेकसाईड खहरे स्ट्रिट नम्बर २० मा अवस्थित पेमा धेछेनलिङ गुम्बाको राप्ने (प्राण प्रचिस्ठा) पाठ वाचन प्रज्ञा पारामिता (काग्युर) पाठ वाचन विश्व शान्ति पूजाको तयारी भएको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताउनुभयो ।

मङ्सिर २ गतेबाट सुरु हुने विश्व शान्ति पूजाको उद्दघाटन गण्डकी प्रदेशको मुख्य मन्त्रि सुरेन्द्रराज पाण्डे गर्नुहुनेछ । पुजाको पूर्व सन्ध्या मङ्सिर १ गते लामा गुरुहरुको र्याली गरिने छ । कार्यक्रममा तामाङ जातिहरुको संस्कृति,परम्परा अनुसार ताम्बाले डम्फु, टुङ्ना बजाउदै गितले स्वागत गरि बृहत पवित्र पूजाको सुरुवात गरिनेछ ।

उक्ता पूजामा १०८ जना धर्म गुरु लामाहरुको उपस्थित रहनेछ, भने ङिमा साङपो आठौं ज्याल्सा रिन्पोछे को उपस्थिति रहने छ । देश तथा विदेशका १०८ जना लामा गुरुहरुबाट लगातार ८ औं दिनसम्म कङ्ग्युर पाठ पूजा चल्नेछ ।

Leave A Reply

Your email address will not be published.