काठमाडौं :
गायक तथा मोडल दुर्गेश थापाले प्रस्तुति दिइरहँदा दर्शकबाट जुत्ता प्रहार भएको विषयमा बोलेका छन् । शनिबार राति स्याङ्जामा आयोजित वालिङ महोत्सवमा दर्शकले हानेको जुत्ताको विषयमा उनले खासै सिरियस रुपमा लिएका छैनन्। उनले त्यस घटनालाई बालै फरर भन्दै टारेका छन्।
थापाले प्रस्तुति दिइरहँदा २२ वर्षका एक युवकले उनीमाथि जुत्ता प्रहार गरेका थिए । त्यसपछि प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको थियो । आइतबर दुवैलाई एकै प्रहरी कार्यलयमा राखेर छलफलपछि छाडेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पवलसिंह लामाले जानकारी दिएका छन् ।
वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त कार्यक्रममा दुर्गेशले प्रस्तुति दिंदा २० हजार जतिको भीड भएको प्रहरीले जनाएको छ ।