काठमाडौं :
युवापुस्तामा लोक चर्चित गायक तथा मोडल दुर्गेश थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्। दुर्गेशको गीत ‘दुश्मन हेरेको हेर्यै’ युट्युबमा १० करोड भ्यूज पाएपछि प्रधानमन्त्री ओलीले बधाई दिएका हुन्।
आइतबार बेलुका प्रधानमन्त्री ओलीले सामाजिक संजाल पोस्टमार्फत दुर्गेशलाई बधाई दिर्दै नयाँ पिँढीले बेग्लै स्वादका गीत रुचाउने गरेका बताए। उनले लेखेका छन्,‘नयाँ पिँढीले बेग्लै स्वादका गीतसंगीतमा रुचि देखाउन थालेको दुश्मन हेरेको हेर्यै गीतबाट थाहा हुन्छ।’
उनले थपेका छन्,‘दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ । गीतका सर्जक दुर्गेश थापालाई बधाई।’
लामो स्टाटस लेखेर दुर्गेशप्रति समय खर्चिएका प्रधानमन्त्री ओलीलाई दुर्गेशले समेत धन्यवाद दिएका छन्। दुर्गेशले प्रधानमन्त्रीको उक्त स्टाटस सेयर गर्दै आफ्नो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा उल्लेख गरेका छन्। यो गीत युटुबमा अपलोड भएको ५ महिनामा नै यतिधेरै भ्युज पाउन सफल भएको हो। गीतलाई २० हजार ५ सय भन्दा बढिले कमेन्ट गरेका छन्। त्यसै गरि यो गीतको भिडियोलाई ६ लाख ५७ हजार भन्दा बढिले लाइक गरेका छन्।