सुचना, समाचार र मनोरन्जन

‘मेरी बास्सै’बाट फर्काउलान् सुलेमानले इकुको क्रेज 

काठमाडौं :

एक दशक अघि अभिनेता सुलेमान शंकर ‘इकु’ को भुमिकाबाट हास्य श्रृंखला ‘मेरी बास्सै’मा चर्चामा थिए। उनको पहिलो भाग नै दर्शकले मन पराएपछि एकाएक चर्चामा आए। स्टेज तथा स्टुडियोमा धमाधम काम पाए। उनले आफ्नो क्रेज देखेकै भरमा फिल्म ‘इकु’पनि निर्माण गरे र पैसा कमाए।

त्यो समयमा मेरी बास्सै हाँस्ने कमाण्डमा हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) र सीताराम कट्टेल (धुर्मुस)को टिम थियो।  अहिले त्यो टिममा पुराना कलाकार कमै छन्। त्यहि श्रृंखलामा सुलेमान १८ वर्षपछि इकुकै रोलमा फर्कन लागेका छन्।

उनले निर्माण गरेको फिल्म ‘इकु’को पहिलो भाग चल्यो। दोस्रो भाग चलेन। तर उनी त्यहि नाम बेचेर तेस्रो भाग निर्माणमा जुटेका छन्। टेलिश्रृंखलाबाट अचानक बाहिरिएका उनै इकु बाट मेरी बास्सैमा फर्किए भने दर्शकले पुरानै तरिकाले रुचाउँलान त? त्यो भने हेर्न बाँकी नै छ।

उनले आफ्नो व्यस्तताको कारण देखाउदै केहि श्रृंखलामा खेल्न नपाएको दाबी गरेका छन्। इकुले शनिबारदेखि छायांकन हुने एपिसोड ज्वाइन गर्नेछन्। उनका अनुसार उनी पुरानै गेटअपमा आउन लागेका छन्। उनले सामाजिक सञ्जालमा आएको म्यासेजका भरमा आफू मेरी बास्सैमा फर्कन लागेको जानकारी दिएका छन्।

उनले ५६ औं एपिसोडसम्म काम गरेका थिए। अहिले ‘मेरि बास्सै’को ८६७ औं एपिसोड पुगिसकेको छ। प्रत्येक मंगलबार बेलुकी ८ः५० बजेबाट नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको मेरी बास्सैलाई नेत्र राउतले लेखन तथा निर्देशन गरिरहेका छन्। श्रृंखलामा सुरवीर पण्डित,रामचन्द्र अधिकारी,लक्ष्मी गिरी,सुरेन्द्र केसी,पल्पसा डंगोल लगायतले अभिनय गरिरहेका छन्।

Leave A Reply

Your email address will not be published.