सुचना, समाचार र मनोरन्जन

ऋतिक रोशनको ‘फाइटर’को टिजर रिलिज

काठमाडौं :

फिल्ममा ऋतिक रोशन, अनिल कपूर र दीपिका पादुकोण केन्द्रिय भूमिकामा रहेको फिल्म ‘फाइटर’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार १ मिनेट १३ सेकेण्ड लम्बाईको टिजर रिलिज गरेको हो। जसमा फाइटर जेट्सको एरियल एक्सन देखाइएको छ । ब्याकग्राउन्ड स्कोर सशक्त रहेको टिजरमा कुनै कलाकारको संवाद भने राखिएको भने छैन ।

फिल्ममा ऋतिक रोशन, अनिल कपूर र दीपिका पादुकोण केन्द्रिय भूमिकामा प्रस्तुत भएका छन् भने अनिल ग्रुप क्याप्टेन शमशेर पठानियाको भूमिकामा रहेका छन् । फिल्म आगामी वर्ष अर्थात भारतको स्वतन्त्रता दिवसको अवसर पारेर २०२४ को २५ जनवरीमा प्रदर्शन हुनेछ। फिल्मलाई ‘पठान’ फेम्ड निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन्।

Leave A Reply

Your email address will not be published.