काठमाडौं :
दश वर्षअघि हलमा लागेकोफिल्म ‘रेशम फिलिली’को सिक्वेलकोको यतिबेला चर्चा छ। फिल्म ‘फेरि रेशम फिलिलीको पहिलो गीतको चर्चा सेलाउन नपाउदै त्यहि फिल्ममा समावेश हिट गीत ‘फेरी जालमा’ रिलिज गरिएको हो।
१० वर्ष अघि २०७१ सालमा रिलिज गरिएको जालमा गीत भाइरल भएको थियो। यही गीतका कारण त्यो वेला ‘रेशम फिलिली’ सिनेमाले बक्सअफिसमा कमाईको राम्रो सुरुवात गरेको थियो। तर, सिनेमा प्रदर्शनको दोस्रो दिन नै भुइचालो गएपछि प्रदर्शन रोकिएको थियो। त्यसबेला प्राकृतीक विपत्तीका बाबजुद पनि राम्रो व्यापार गरेको सिनेमाको सिक्वेल निर्माण गरिहको छ।
त्यहि फिल्ममा समावेश भाइरल गीत जालमाको समेत दोस्रो भाग अर्थात् रि–क्रियट गरिएको छ । कालीप्रसाद बाँस्कोटाको संगीतमा तयार भएको गीतको शब्द मानस राजले लेखेका हुन्। गायनमा काली र सोमिया बराईली रहेका छन् ।
यो गीतको भिडियामा प्रदिप लामाको कोरियोग्राफी र शिवराम श्रेष्ठले छायांकन गरेका हुन् । बिहीबार युट्युबमा सार्वजनिक ुफेरि जालमाु गीतमा सिनेमाका मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट फिचर्ड छन् ।
यो फिल्मलाई निरज महर्जनले निर्देशन गरेका छन्। फिल्मको कथा पनि उनले नै लेखेका हुन्। फिल्ममा विनय, सुपुष्प, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ। यो फिल्ममा ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन फिल्ममा रहेको छ ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह(निर्मातामा एनि थापा छन्। पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् भने यो फिल्मलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन्।