सुचना, समाचार र मनोरन्जन

विदेशी फिल्मलाई पछार्दै नेपाली फिल्मको हलदेखि ओटीटीमा दबदबा

काठमाडौं :

अघिल्ला वर्षको तुलनामा यसवर्ष नेपाली फिल्मले हलमा उधुँम मच्चाएका छन्। नेपाली समाजमा दसैं तिहार लागेजस्तै हलवालादेखि ओटीटी सञ्चालकलाई राम्रै लागेको छ। अझ भनौ यसवर्ष फिल्मका लागि चाडपर्व सुखद देखिएको छ।

Chaka Panja

दसैँ लक्षित प्रदर्शनमा आएका फिल्म ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’ ले बक्सअफिसमा राम्रो व्यापार गर्‍यो। अझै हलमा चलिरहेको छ। यो फिल्मसँगै जितु नेपाल अभिनित फिल्म ‘ज्वाइँ साब’ले पनि दर्शकको साथ पायो। यो फिल्म अहिले पनि हलमा धमाका पिटिरहेका छन्। यि फिल्म हलमा चलिरहेको अवस्थामा तिहार लक्षित फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ को पनि राम्रो व्यापार छ। यहि फिल्मबाट अभिनेताका रुपमा आएका विजय बराल दर्शकबाट प्राप्त मायाले दङ्ग छन्।

फिल्म वितरक करण श्रेष्ठका अनुसार विदेशीको तुलनामा नेपाली फिल्मले उल्लेख्य मात्रामा व्यापार भइरहेको छ। मिडियासँगको कुराकानीमा वितरक श्रेष्ठले भनेका छन्,‘फिल्म हलमा नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढेको छ । गत दसैँ हलहरुमा नेपाली चलचित्रमय बन्यो, तिहारमा पनि उस्तै देखिएको छ।’

असोज १७ गते हलमा प्रदर्शनमा आएको फिल्म ‘मेघौली फ्रम बेहुली’ले प्रयाप्त मात्रामा हल नपाएपछि रिसाएका फिल्मका निर्माता तथा अभिनेता निश्चल बस्नेतले फिल्मलाई ओटीटीमार्फत प्रदर्शनमा ल्याए। ओटीटीमा पनि नेपाली दर्शकले यो फिल्म मज्जाले हरेपछि निर्माणपक्ष दंग देखिएको छन्। फिल्म ‘महापुरूष’,‘जारी’,‘दान्भी’लगायत फिल्महरु तिहार लक्षित गरी युट्युबमा सार्वजनिक भएका छन्।

Leave A Reply

Your email address will not be published.