सुचना, समाचार र मनोरन्जन

चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवमा ‘बोक्सीको घर’ देखि ‘अन्जिला’ सम्म

काठमाडौँ :

आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यहि बैशाख ४ गते देखी ६ गते सम्म हुने ‘चौथो नेपाल ग्रामिण चलचित्र महोत्सव’ मा अफिसियल सेलेक्सन भएका चलचित्रलाई सर्टिफिकेट प्रदान गरिएको छ । नेपाल पर्यटन बोर्ड काठमाडौँमा बुधवार प्री इभेन्टको कार्यक्रम आयोजना गरेर प्रमाणपत्र प्रदान गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी रहेका थिए। प्री इभेन्टको कार्यक्रममा ग्रामीण चलचित्र महोत्सवको स्मारिका विमोचन पनि गरिएको थियो। कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली,बरिस्ट पत्रकार शान्तीप्रिय,चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष कुवेर गिरि लगायत थुप्रै चलचित्रकर्मी तथा पत्रकारको उपस्थिति रहेको थियो।यस महोत्सवमा गाउँको कथाबस्तुमा आधारित चलचित्र समेटिएको सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए।

नेपाल ग्रामिण चलचित्र महोत्सव विगत ४ वर्ष देखि नेपालको सिनेमा घर नभएको जिल्लाहरुमा गाउँले परिबेशमा निर्माण गरिएका शर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई सहभागी गराएर गाउँ गाउँका दर्शकहरु समक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ्ग गर्ने र उत्कृस्ट फिल्मलाई अवार्ड समेत प्रदान गरिदै आएको उनले बताए। पहिलो वर्ष गोरखाको लाप्राक,दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसी तेश्रो  रामेछाप नगरपालिकामा  गरिएको थियो भने यस पटक गोसाईकुण्ड गाउँ पालिका धुन्चे,रसुवामा गरिने सापकोटाले बताए।

महोत्सवका संयोजक कमल एक्चै मगर रहेका छन्। महोत्सवमा चलचित्र निर्देशक ऋषि लामिछानेको संयोजकत्वमा जुरी कमिटि रहेको छ। जुरीमा रक्षा सिंह राणा र शैलेश श्रेष्ठ रहेका छन्। चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव संगै गोसाईकुण्ड गाउँपालिका धुन्चे,रसुवामा गाउँपालिका अध्यक्षकप भलिवल प्रतियोगिता पनि संचालन हुँदैछ। यस पटक महोत्सवको समापनमा सांगीतिक कार्यक्रम समेत हुनेछ।

चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवमा छनोट भएका चलचित्रहरु

फिचर फिल्म

बोक्सीको घर : सुलक्षण भारती
पुजार सार्की : दिनेश राउत
ज्वाईं साब  : बसन्त निरौला
अन्जिला : मिलन चाम्स
द्रौपदी : ऋषिराज आचार्य
फिरफिरे फिरीरी : नविन भट्ट

शर्ट फिल्म

विजेता  : दिनेश लामा
एक जोर जुत्ता  : मोहन अभिलासी
घटेरो : पुरुषोत्तम बस्नेत
म कमरेड : निर्मल पौडेल
शल्यक्रिया : विवेक नगरी
मनको घर  : राज गुरुङ
आमा : परिच्छेद सेन
देविया : शंकर धिताल
प्याकुली  : नितिन चन्द
जुनेली : देवेन्द्र पाण्डे

डकुमेन्ट्री फिल्म

माता  : अरुण कुमार प्रधान
माझी  : शबिर श्रेष्ठ
गर्ल्स रि-राइटिंग डेस्टिनी : लव प्याकुरेल
गल्कोट – आकाश थापा मगर

भाषिक फिल्म
लोजिमा  : सागर सुब्बा
आप्लेंग्ला लाम्सा : अजय स्याङ्तान

तस्विर : टंक केसी

Leave A Reply

Your email address will not be published.