काठमाडौं :
यसवर्षको सुपरहिट फिल्म ‘छक्कापञ्जा ५’मा समावेश २ वटा गीतले करोड भन्दा बढि भ्युज पाएका छन्। तीन वटाफिल्मसँग जुधेको यो फिल्मले दर्शकको मन मनग्ये जित्यो। बिराज भट्टको फिल्म ‘१२ गाउँ’ र वसन्त निरौलाको ‘ज्वाइँ साब’सँगै भिड्न आएको यो फिल्मले अन्तत सर्वाधिक दर्शकको माया पायो। फिल्मले २१ करोड ग्रस व्यापार गरेको बोर्डको तथ्याङ्कमा छ। यसैबीच पनि यो फिल्ममा समावेश गीत ‘ब्रेक सङ’ र ‘बिहे भाको छैन’ले डिजिटल प्लेटफर्म युटुबमा गीत र भिडियोले दर्शकको लोभलाग्दो साथ पाएको छ।
यसमा समावेश गीत ‘ब्रेकअप सङ्’लाई शनिबारसम्म ३ करोड ४१ लाख भन्दा बढि हेरिएको छ। गीतको प्रतिक्रिया दिनको संख्या ७ हजार भन्दा बढि छ। अधिकांशले गीतलाई मन परेको भनेका छन्। फिल्मकी निर्देशक दीपाश्री निरौलाको स्वर र गीतका गायक बाबुल गिरीको शब्द, संगीतलाई दर्शकले रुचाएका हुन्। यो गीतले आलोचना सहदै भए पनि राम्रै चर्चा कमाउन सफल भयो। या गीत भन्दा अगाडि रिलिज भएको यसै फिल्ममा समावेश अर्को गीत ‘बिहे भा’को छैन’लाई अहिलेसम्म १ करोड १४ लाख भन्दा बढि हेरिएको छ।
दीपक शर्माको संगीत,अभिनेता दीपकराज गिरीको शब्द रचनामा तयार भएको यो गीतलाई पछिल्लो समयकी चर्चित गायिका बेनिशा पौडेल र सबिन सुवेदीले गाएका छन्। गीतको अर्थ नबुझेर निकै आलोचना खेपेको यो गीतलाई पनि दर्शकले १ करोड भन्दा बढि हेरिदिएका छन्। दसैंको मुखैमा सार्वजनिक भएको यो गीतले तिहारसम्मै आफ्नो वर्चस्व कायम राखेका थिए।
तिहारको देउसी भैलो कार्यक्रममा समेत यो गीतमा नृत्य गर्नेको रहर देखिएको थियो। टिकटकमा हेर्ने हो भने अहिलेसम्म पनि भिडियो बनाउनेको संख्या निकै नै देखिन्छ। ‘छक्कापञ्जा’का अधिकांश श्रृंखलाका गीतहरु करोड क्लबमा पुगेका छन्। यो फिल्ममा दीपकराज गिरीका अलवा केदार घिमिरे (माग्ने बुढा),वर्षा शिवाकोटी लगायतको मुख्य भुमिका रहेको छ।