सुचना, समाचार र मनोरन्जन

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौँ : 

हरर कमेडी जनरामा बनेको फिल्म ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्म ‘फिरफिरे फिरिरी’को पोस्टर रिलिज गरिएको हो।

फिल्मलाई मनोज कुमार अधिकारीले निर्माण गरेका हुन्। अधिकारीले यसअघि फिल्म ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माण गरेका थिए । पछिल्लो समय संसारभर हरर कमेडी फिल्मले राम्रो दर्शकको साथ पाई रहेको बेला अधिकारीले नेपाली हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को निर्माण गरेका हुन्।

Chaka Panja

आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने यस फिल्मले हेरुञ्जेल दर्शकलाई पूर्ण मनोरंजन दिनेमा निर्माता अधिकारी विस्वस्त रहेका छन्।

गत साता फिल्मको शिर्ष गीत सार्वजनिक गरिएको थियो। सार्वजनिक गीतले यु ट्युबमा दर्शकको राम्रै प्रतिक्रिया पाई रहेको छ। फिल्म ‘फिरफिरे फिरिरी’ मा सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको छ। यसै फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। अनन्त घिमिरेले डिजाइन गरेको पोस्टरले फिल्ममा केहि फरक रहेको अनुमान गर्न सकिन्छ।

फिल्ममा मनोज कुमार अधिकारी,सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी,पुष्प अवस्थी,सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छभने जितु तामाङको छायांकन,रोशन दास,प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन,केशव राज भट्टको कोरियोग्राफी,एलिस कार्कीको ब्याकराउण्ड म्युजिक,प्रशान्त सिवाकोटीको संगीत,अमित श्रेष्ठको साउण्ड डिजाइन,अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ।

फिल्मलाई देशभर आर।आर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ।

Leave A Reply

Your email address will not be published.