रसुवामा बाढीपहिरोबाट प्रभावित बालबालिका तथा परिवारलाई फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीले खाद्यान्न, स्वास्थ्य सामग्री तथा कपडालगायत राहत सामग्री सहयोग गरेको छ ।
पोखराबाट राहत सामग्री लिएर रसुवा पुगेको कन्सल्टेन्सीको टोलीले बाढीबाट प्रभावित बालबालिकालाई प्राथमिकतामा राख्दै उनीहरूको आवश्यकता अनुसार खाद्यान्न, स्वास्थ्य सामग्री र कपडा वितरण गरेको हो ।

बाढीपहिरोका कारण प्रभावित बालबालिकाको दैनिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले राहत सामग्री लिएर रसुवा पुगेको फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीका इभेन्ट म्यानेजर विकास गुरुङले बताए ।
गुरुङका अनुसार सडक तथा यातायातको अवस्था सहज भएपछि प्रभावित क्षेत्रको आवश्यकतालाई हेरेर थप सहयोगसमेत गरिनेछ ।
विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको कन्सल्टेन्सीले जनाएको छ । आगामी दिनमा पनि आवश्यकताका आधारमा सहयोगलाई निरन्तरता दिने कन्सल्टेन्सीले जनाएको छ ।