सुचना, समाचार र मनोरन्जन

फ्राइडे रिलिज : सन्तोषको ‘चित्रा’ र रक्षाको ‘पर्खि बसे तिमीलाई’

काठमाडौं :

शुक्रबारबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। सन्तोष अधिकारी अभिनित फिल्म ‘चित्रा’ र रक्षा बुढाथोकीको पर्खि बसे तिमीलाई’ रिलिज भएका हुन्।

Chaka Panja

फिल्म ‘चित्रा’मा सन्तोषका अलवा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, शुभेच्छा खड्का, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतको अभिनय रहेको छ । फिल्मलाई घनश्याम लामिछानेको निर्देशन गरेका हुन्। यहि फिल्मबाट अभिनेताका रुपमा सन्तोष अधिकारीले डेब्यु गरेका छन् ।
निर्देशक घनश्यामले यसअघि ‘धौली’ र ‘पञ्चेबाजा’लगायत फिल्म निर्देशनपछि को फिल्म हो ‘चित्रा’।

आजैबाट प्रदर्शनमा आएको फिल्म ‘पर्खि बसे तिमीलाई’ पुराना निर्देशक दीपक श्रेष्ठले निर्देशन गरेको हुन्। यस फिल्ममा किरण श्रेष्ठ र रक्षा बुढाथोकीले डेब्यु गरेका छन्। फिल्ममा करण र रक्षाका अलवा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतको पनि अभिनय गरेका छन्। फिल्ममा रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राजाराम बुढाथोकीले लगानी गरेका छन्।

Leave A Reply

Your email address will not be published.