सुचना, समाचार र मनोरन्जन
Pdms

बागलुङ र पर्वतमा चक्लाबन्दी गरेर व्यावसायिक फलफूलखेती

बागलुङ र पर्वतमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले व्यावसायिक फलफूल तथा तरकारी खेतीको लागि ९९।५ हेक्टर जग्गा चक्लाबन्दी गरेको छ।

परियोजना अन्तर्गत सुन्तला, ओखर, सागसब्जी, कागती, स्याउ र किबी लगायतका बिरुवा रोपिएको छ। ढोरपाटन नगरपालिका–९ नवी गाउँमा स्याउ खेती सुरु गरिएको छ र किसानहरू परियोजनाबाट उत्साहित छन्।

बागलुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइमार्फत बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिक रुपमा फलफूल तथा सागसब्जीखेती थालिएको छ ।

परियोजना एकाइका प्रमुख नारायण पौडेलका अनुसार आर्थिक वर्ष २०७६÷७७ देखि कृषक समूह र कृषि सहकारीमार्फत किसानलाई जोडेर व्यावसायिक खेतीतर्फ आकर्षित गर्न चक्लाबन्दी गरिएको हो । जग्गा चक्लाबन्दी गरेपछि गाउँका खाली जमिनको उपयोग भएको छ ।

चक्लाबन्दी भएको जमिनमध्ये रु एक करोड लगानी गरेर सात हेक्टरमा सुन्तला,१२ हेक्टरमा ओखर, २० हेक्टरमा सागसब्जी, १२.५ हेक्टरमा कागती, २७ हेक्टरमा स्याउ र ११ हेक्टरमा किबीका बिरुवा लगाइएको प्रमुख पौडेलले बताए ।

उक्त कार्यालयले ढोरपाटन नगरपालिका–९ नवी गाउँमा जग्गा चक्लाबन्दी गरी स्याउखेती सुरु गरेको छ । गत आवमा दुई सय ८० रोपनी चक्लाबन्दी गरी रेड, गोल्डेन, रोयल डेलिसियस जातका स्याउका बिरुवा लगाइएका छन्।

नवी गाउँका किसान नन्दे सुनारले यस क्षेत्रमा आफूहरूले झण्डै दुई दशक अगाडिदेखि स्याउखेती गर्दै आए पनि प्रशस्त लाभ लिन नसकेको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउखेतीका निम्ति प्रेरित गरेपछि किसान उत्साहित भएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.