सुचना, समाचार र मनोरन्जन

संविधान संशोधनलाई हलुका ढङ्गले लिनुहुँदैनः गगन थापा

काठमाडौँ,

नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार र सत्तारुढ दल रास्वपाले संविधान संशोधनबारे हलुका ढङ्गले लिएको भन्दै कांग्रेसले त्यसो गर्न नदिने बताएका छन्।

शुक्रबार पार्टी निकट आदिवासी जनजाति महासङ्घको सम्मेलनलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् । साथै उनले संविधान संशोधनबारे अहिलेको सरकारले हलुका ढङ्गले बुझेको भन्दै सोही बुझाई कायम रहे देश द्वन्द्वमा पर्न सक्ने खतरा रहेकोतर्फ सचेत हुन जरुरी रहेको बताए ।

‘संशोधन गर्दा समानुपातिक समावेशी बढाउन सकिन्छ तर घटाउन सकिँदैन’, थापाले भने– ‘नेपाली कांग्रेस यो सरकार र रास्वपालाई निरन्तर सम्झाउने, खबरदारी गर्ने हो । हलुका तरिकाले संविधान संशोधन गर्ने होइन ।’

सभापति थापाले सरकारका कतिपय गतिविधि आफैँ अराजकता मच्चाउने खालका भएको भन्दै त्यसरी राज्य सञ्चालन हुन नसक्ने बताए । उनले पछिल्ला दिनमा सरकार र विभिन्न आन्दोलनरत पक्षसँग भएका सम्झौता समेत कार्यान्वयन नभएको बताए ।

Leave A Reply

Your email address will not be published.