सुचना, समाचार र मनोरन्जन

संविधान संशोधनलाई हलुका ढङ्गले लिनुहुँदैनः गगन थापा

काठमाडौँ,

नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार र सत्तारुढ दल रास्वपाले संविधान संशोधनबारे हलुका ढङ्गले लिएको भन्दै कांग्रेसले त्यसो गर्न नदिने बताएका छन्।

Chaka Panja

शुक्रबार पार्टी निकट आदिवासी जनजाति महासङ्घको सम्मेलनलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् । साथै उनले संविधान संशोधनबारे अहिलेको सरकारले हलुका ढङ्गले बुझेको भन्दै सोही बुझाई कायम रहे देश द्वन्द्वमा पर्न सक्ने खतरा रहेकोतर्फ सचेत हुन जरुरी रहेको बताए ।

‘संशोधन गर्दा समानुपातिक समावेशी बढाउन सकिन्छ तर घटाउन सकिँदैन’, थापाले भने– ‘नेपाली कांग्रेस यो सरकार र रास्वपालाई निरन्तर सम्झाउने, खबरदारी गर्ने हो । हलुका तरिकाले संविधान संशोधन गर्ने होइन ।’

सभापति थापाले सरकारका कतिपय गतिविधि आफैँ अराजकता मच्चाउने खालका भएको भन्दै त्यसरी राज्य सञ्चालन हुन नसक्ने बताए । उनले पछिल्ला दिनमा सरकार र विभिन्न आन्दोलनरत पक्षसँग भएका सम्झौता समेत कार्यान्वयन नभएको बताए ।

Leave A Reply

Your email address will not be published.