काठमाडौं :
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परीषदको ३७औ वार्षिकोत्सव, परीषदको स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सहित सम्पन्न भएको छ।
परीषदका सदस्य सचिव महेश भटराइको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री देवेन्द्र दाहालले प्राविधिक शिक्षा ब्यवहारीकताको शिक्षा बनाउन सरकार लागीरहेको बताउदै प्राविधिक शिक्षाको सुधारका लागि सवै पक्ष लागि पर्नुपर्ने बताए।
कार्यक्रममा शिक्षा बिज्ञान तथा प्रविधी मन्त्रालयका सचिव दिपक काफ्ले शिक्षा ऐन छिट्टै जारी हुने विस्वास ब्यक्त गर्दै शिक्षा सुधारका लागि मन्त्रालय लागि परेको औल्याएका थिए। कार्यक्रमको अवसरमा हरेक बर्ष झै परीषदले देशभर सन्चालित ६५ आङ्गिक शिक्षालय, ६३९ टेक्स बिद्यालय, ३५९ निजि शिक्षालय र ५८ साझेदारी शिक्षालयमा भर्ना बर्ष २०७७ का सर्वोत्कृष्ट विद्यार्थी घोषणा गरि सम्मान गरेको छ।
सर्वोत्कृष्ट हुने विद्यार्थिहरुमा डिप्लोमा इन इन्जिनियरीङ्ग तर्फ पोखरा महानगरपालीकाद्वारा सन्चालित गण्डकी बहुप्राविधिक शिक्षालयका छात्र उजेन उदास, स्वास्थ्य कार्यक्रम तर्फ फारवेस्ट टेक्निकल कलेजका छात्रा आकृती कुवर, कृषी, बन, होटल म्यानेजमेन्ट तर्फ मदन भण्डारी एकेडेमी, उर्लावारीकी छात्रा भुमिका खतिवडा रहेकी छन। सर्वोत्कृष्ट भएका बिद्यार्थिहरुलाइ स्थापना दिवसको अवसरमा पुरस्कृत गरिएको छ।