सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेशमामा आज सार्वजनिक बिदा

गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको छ।

प्रदेश मन्त्रिपरिषद्ले गत वर्षको चैत १२ मा जन्म जयन्ती दिवसको अवसरमा प्रदेशभर सार्वजनिक निर्णय गरे अनुसार बिहीबार बिदा दिइएको हो।

बिदाको दिनमा गण्डकी प्रदेशमा रहेका सङ्घीय सरकारका कार्यालय समेतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा बिदा हुने प्रदेश राजपत्रमा उल्लेख छ।

फागुन ४ गतेलाई स्थापना दिवस मानेर सार्वजनिक बिदा हुने गरेको थियो। तर गत वर्ष मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ लाई स्थापना दिवस मनाउने गरी सर्वपक्षीय निर्णय गरेको थियो।

२०८० साल सम्म प्रदेशसभा र प्रदेश सरकारले छुट्टाछुट्टै दिवस मनाउँदै आएको थिए।

प्रदेश सभाले माघ २२ मा प्रदेश स्थापना दिवस मनाउने गरेको थियो। यसलाई नै प्रदेश स्थापना दिवसका रूपमा मनाउने निर्णय भएपछि गत वर्षदेखि माघ २२ मा स्थापना दिवस मनाउन थालिएको हो।

Leave A Reply

Your email address will not be published.