पोखरा,
नेपाल बिद्युत प्राधिकरण गण्डकी प्रदेशले लक्ष्मी पुजाको दिन चौबीसै घन्टा स्ट्यान्ड बाइ ड्युटीमा बसेर सेवा प्रवाहा गरेको छ । लक्ष्मी पुजाको दिन देशभर सामान्यभन्दा बढी बिद्युत खपत हुने भएकोले प्राधिकरण गण्डकीले प्रदेशका ११ वटै जिल्लामा कर्मचारी परिचालन गरि ग्रहाकहरुलाई सेवा प्रवाह गरेको हो ।

नेपाल बिद्युत प्राधिकरण गण्डकीका निर्देशक बिक्रम अमात्यले हाल देशमा लोडसेडिङको समस्या नभएपनी भैपरी आउने प्राबिधिक समस्या समाधान गर्न आफुहरु तयारी अवस्थामा रहेको जानकारी दिए । अमात्यले तिहारको बेला मात्र नभएर अन्य समयमा पनि बिद्युत अबरुद्ध हुन नदिन आफुहरु प्रतिबद्ध रहेको स्पष्ट पारे ।

प्रदेशका जुनसुकै ठाउँमा बिद्युत अबरुद्ध भए प्राधिकरणमा जानकारी गराउन उनले आग्रह गरेका छन । बिद्युत तथा बिद्युतिय सामाग्री प्रयोग गर्दा संयमयता र मितब्ययी हुनुपर्ने बताउदै अमात्यले सेवा प्रवाहा गर्ने र उपभोग गर्नेबीच जिम्मेवारीबोध भएमा उत्पादन भएको बिद्युत निर्यात गरि देश बिकासमा प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ ।


