सुचना, समाचार र मनोरन्जन

गण्डकीमा प्रदेश तथा स्थानीय सेवाका सातौं तहका विभिन्न पदमा कर्मचारी माग

कास्की,

गण्डकी प्रदेश लोक सेवा आयोगले प्रदेश तथा स्थानीय सेवाका सातौं तहका विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ।

पोखरास्थित आयोगको कार्यालयले बुधबार एक सूचना प्रकाशित गर्दै प्राविधिक र अप्राविधिक तर्फका अधिकृत स्तरका पदहरुमा दरखास्त खुला गरेको हो।

Pach Pandav

आयोगको वार्षिक कार्यतालिका अनुसार प्रदेश र स्थानीय तहबाट माग भइआएका रिक्त पदहरु पूर्ति गर्न लागिएको हो। गण्डकी प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन बमोजिम यी पदहरुमा नियुक्ति गरिनेछ। पदपूर्तिका लागि ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा, कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवा, अन्तरतह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विधि अपनाइने सूचनामा उल्लेख छ।

आयोगले प्रकाशन गरेको विवरण अनुसार प्रदेश निजामती सेवा र स्थानीय सेवा दुवैतर्फ बढुवाबाट पदपूर्ति गरिनेछ। यस अन्तर्गत इन्जिनियर, कृषि अधिकृत, पशु विकास अधिकृत, शाखा अधिकृत, प्रशासकीय अधिकृत, मेडिकल ल्याब टेक्नोलोजिस्ट, जनस्वास्थ्य अधिकृत लगायतका पदमा ज्येष्ठता र कार्यक्षमताको मूल्याङ्कनका आधारमा बढुवा हुनेछ।

त्यसैगरी अन्तरतह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा मार्फत ठुलो संख्यामा कर्मचारी माग गरिएको छ। प्राविधिक तर्फ सिभिल इन्जिनियर, नापी अधिकृत, कृषि अधिकृत, पशु चिकित्सक, शिक्षा अधिकृत, नर्सिङ अधिकृत, मेडिकल रेकर्ड अधिकृत, फिजियोथेरापिस्ट र रेडियोग्राफी टेक्नोलोजिस्ट जस्ता पदहरुमा दरखास्त आह्वान भएको छ। अप्राविधिक तर्फ प्रशासकीय अधिकृत, लेखा अधिकृत, राजश्व अधिकृत र आन्तरिक लेखा परीक्षण अधिकृतका साथै कम्प्युटर इन्जिनियर पदका लागि पनि विज्ञापन गरिएको छ।

उम्मेदवारले ध्यान दिनुपर्ने विषय, दरखास्त दस्तुर र उमेर हदको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको छ।

Leave A Reply

Your email address will not be published.