सुचना, समाचार र मनोरन्जन

गणेश थापाको स्वरमा नयाँ कृष्ण भजन सार्वजनिक

काठमाडौं :

 गायक गणेश थापाको स्वरमा आधारित नयाँ कृष्ण भजन सार्वजनिक गरिएको छ। भक्तिभावले भरिएको उक्त भजनका शब्द अभिषेक सिटौलाले लेखेका हुन् भने संगीत विपिन घिमिरेले दिएका छन्।

भजनमा धार्मिक आस्था र भावनालाई समेट्दै परम्परागत नेपाली बाजासँग आधुनिक संगीतको संयोजन गरिएको छ। गीतको एरेञ्ज पुरूषोत्तम सुवेदीले गरेका हुन्। कोरस गायनमा अनुमा चौधरी, शिला प्रधान, कुमार केसी र विपिन घिमिरेको सहभागिता रहेको छ।

Chaka Panja

गीतमा नेपाली मौलिक बाजा मादल र खैंजडी पोषण घर्ती मगरले,सारंगी मनिष गन्धर्वले तथा गिटार विकास सुनारले वादन गरेका छन्। रेकर्डिङ, मिक्सिङ र माष्टरिङको सम्पूर्ण काम कुमार केसीले ‘फिल स्टुडियो’मा सम्पन्न गरेका हुन्।

भिडियो निर्देशन जीवन शाहीले गरेका छन् भने छायांकन तथा सम्पादन सुशील डाँगीको रहेको छ। भजनको निर्माण सबला थापाले गरेकी हुन्।

निर्माण टिमका अनुसार श्रीकृष्णको महिमा र भक्तिभाव प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको भजनले विशेषगरी हिन्दू धर्मावलम्बीहरूमा आध्यात्मिक प्रेरणा जगाउने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.