सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

‘गाउँ आएको बाटो’को प्रिमियरमा सहभागी हुन नेपाल आइपुगिन् संगीतकार हाइडी ली

काठमाडौं :

फिल्म ‘गाउँ आएको बाटो’को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली नेपाल आइपुगेकी छन्। नवीन सुब्बा निर्देशित यो फिल्म हाइडीले पार्श्व ध्वनीमा काम गरेकी छन्।

फिल्मको एउटा पार्श्व संगीतमा पनि हाइडी नै सिर्जना गरेकी हुन्। यसअघि उनी फिल्म को गीतमा संगीत भर्न नेपाल आएकी थिइन्। फिल्म गर्नुअघि उनी अनुसन्धानकै लागि पनि एक पटक नेपाल आएकी थिइन् । यो उनको तेस्रो नेपाल भ्रमण हो। हाइडीले राई सँस्कृतिको लय, धुनमाथि अध्ययन गर्दै परम्परागत र पश्चिमा संगीत मिसाउँदै सिनेमाको गीत तयार पारेकी छन्।

IVF Big

फिल्म छायांकन भएको स्थानबाटै पनि हाइडीले राई संगीतलाई बटुलेकी छन्। फिल्मको कथा र भाव नियाल्दै आफूले फिल्ममा पार्श्व ध्वनी निर्माण गरेको पनि हाइडीको भनाई छ। उनी आफूले संगीत गरेको नेपाली फिल्मको प्रतिक्रिया लिन उत्साहित छन्।

‘यो सिनेमा धेरै अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा देखायौं। यो सिनेमा जुन देशको यही देशमा अहिले प्रदर्शनको तयारीमा छ । म, यहाँका स्थानीय दर्शकसँग बसेर सिनेमा हेर्न निकै उत्साहित छु,,हाइडीले भनिन्,‘म नेपाली होइन । तर, पनि मैले नेपालको यस्तो सिनेमामा संगीतदेखि पार्श्व ध्वनीमा काम गरें। मैले गरेका ती कामको प्रतिक्रिया बटुल्न पनि म उत्साहित छु ।’

फिल्मलाई नविन सुब्बाले लेखेका हुन् भने निर्देशन पनि उनकै रहेको छ।

Leave A Reply

Your email address will not be published.