काठमाडौं :
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा थप दुई जना कलाकार भित्रिएका छन्। निर्माण टिमले सोमबार विजय बराल र बुद्धि तामाङलाई फिल्ममा भित्राएको जानकारी दिएको हो। उनीहरु फिल्ममा जोडिएसँगै फिल्मका लागि कलाकारहरूको लाइनअप बलियो बनेको छ।
यस अघि फिल्ममा प्रकाश सपूत र मुकुन भुसाल,विनोद न्यौपाने,भोला राज सापकोटा र देशभक्त खनाललाई पनि निर्माण टिमले अनुबन्धित गराएको थियो। फिल्मको मुख्य नायिकामा अञ्जना बराइली अनुबन्ध भएकी छन्। फिल्मका लागि अनुबन्ध भएका कुन कलाकारको के भुमिका बारे निर्माण टिमले जानकारी दिएको छैन। यस जान्भि पौडेल र स्वायम केसीको अभिनय रहने भएको छ।

विनोद पौडेलको निर्माता रहेको फिल्मलाई सरोज पौडेलको निर्देशन गर्दै छन्। फिल्ममा उनकै लेखक रहेको छ । निर्देशक पौडेलका अनुसार यो फिल्म गन्धर्व परिवारको कथामा आधारित ‘सोसल ड्रामा’ हुने छ । यही साता भित्र छायांकनमा जाने तयारी रहेको यस फिल्मलाई अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो।
फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ। यो फिल्मको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ । निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।