सुचना, समाचार र मनोरन्जन

‘गौँथली’को अमेरिका राइट्स सेभेन सिसले किन्यो, प्रदर्शन मिति तय

काठमाडौँ :

यहीँ साउन १ गते नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘गौँथली’को अमेरिका प्रदर्शन अधिकार बिक्री भएको छ। सेभेन सिस इन्टरनेसनल फिल्म्सले ‘गौँथली’को अमेरिका राइट्स खरिद गरेको हो।

चलचित्रका तर्फबाट निर्देशक कपिल रिजाल, कलाकार अरुण क्षेत्री र निर्माता सुमन गिरी तथा सेभेन सिस इन्टरनेसनल फिल्म्सका तर्फबाट रोशन सुवेदीबिच खरिद(बिक्रीको कागजी सम्झौता भएको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा ‘गौँथली’ निर्माण समूहले अन्तर्राष्ट्रिय राइट्स बिक्री गर्न सुरु गरेको हो। चलचित्रको हाइपबढेसँगै ओभरसिज बजारबाट अन्तर्राष्ट्रिय अधिकारका लागि माग बढेको निर्देशक रिजालले बताए।

साउन ८ गतेदेखि अमेरिकाका विभिन्न प्रमुख सहरहरूमा एकसाथ प्रदर्शन हुनेछ। “बिस्तारै हाम्रो चलचित्रको हाइप बढ्दै छ। हाइप बढेसँगै ओभरसिज मार्केटबाट सोधपुछ पनि बढिरहेको छ,” निर्देशक रिजालले भने।

यो चलचित्रको ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा छ। ट्रेलर सार्वजनिक भएपछि दर्शकले उत्साहजनक प्रतिक्रिया दिइरहेका छन्। प्रदर्शन मिति नजिकिएसँगै चलचित्र अहिले चर्चाको केन्द्रमा रहेकाले ‘गौँथली’ले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ। चलचित्रको बढ्दो चर्चा र ट्रेलरले पाएको सकारात्मक प्रतिक्रियाका कारण अन्तर्राष्ट्रिय बजारमा यो चलचित्र ठुलो स्तरमा प्रदर्शन हुने सुनिश्चित भएको हो।

दुई दशकअघि ‘गौँथली’ नाममा डाक्टर भोला रिजालले चलचित्र निर्माण गरेका थिए। उक्त चलचित्रलाई नेपाली चलचित्र क्षेत्रकै एउटा माइलस्टोन र नेपालको पहिलो ‘गीति फिल्म’ मानिन्छ। त्यस बेला ‘गौँथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो। अहिले सोही नाममा डा। भोला रिजालका छोरा तथा निर्देशक डा। कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका हुन्।

भोला रिजाल प्रोक्डसन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।

चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माताका रूपमा सुमन गिरी र डा। कपिल रिजाल छन्। त्यस्तै इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह(निर्माताका रूपमा रहेका छन्। डा। भोला रिजालको कथा रहेको यस चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा। कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा हरि हुमागाईंको छायाङ्कन र मिलन श्रेष्ठको सम्पादन छ।

Leave A Reply

Your email address will not be published.