सुचना, समाचार र मनोरन्जन

जेनजी प्रदर्शनः ट्रमा सेन्टरमा ११ जनाको अवस्था गम्भीर, ३० बढीको शल्यक्रिया गर्नुपर्ने

नयाँ पुस्ताका युवा (जेनजी) को प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका ४०० बढीको उपचार भइरहेको छ । जसमध्ये ट्रमा सेन्टरमा उपचार गराइरहेका ११ जनाको अवस्था गम्भीर रहेको छ ।

अस्पतालका अनुसार ११ जनाको अवस्था जटिल छ । तीमध्ये पाँच जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

अस्पतालका प्रमुख डा. बद्री रिजालका अनुसार ३० जनाभन्दा बढीको शल्यक्रिया गर्नुपर्ने भएको छ ।

सोमबार राति ११ जनाको अप्रेशन गरिएको थियो । ‘हिजो सकेसम्म ज्यान बचाउने कोसिस गरियो’, डा। रिजालले भने, ‘ हामीकहाँ जटिल खालका बिरामी हुनुहुन्छ । चोटपटक लागेका, गोली लागेका बिरामीको शल्यक्रिया दिँउसोभर चल्नेछ ।’

Leave A Reply

Your email address will not be published.