काठमाडौं :
बक्सिङ खेलका अन्तर्राष्ट्रिय निर्णायक धनकुमार मैनाली लाई राष्ट्रिय खेलकुद सम्मान २०८१ बाट सम्मानित गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयले एक समारोहमार्फत उनीसहित ६ खेलाडी, एक प्रशिक्षक, एक निर्णायक र एक चिकित्सकलाई सम्मान प्रदान गरेको हो।
मैनालीले सन् २०१३ मा भक्तपुर जिल्ला बक्सिङ संघद्वारा आयोजित राष्ट्रिय रेफ्रीरजज कोर्ष पूरा गरी राष्ट्रिय निर्णायकको रूपमा काम सुरु गरेका थिए। उनले सन् २०१९ मा अन्तर्राष्ट्रिय बक्सिङ संघ ९क्ष्द्यब्० को वान स्टार रेफ्रीरजज सर्टिफिकेशन पास गरी अन्तर्राष्ट्रिय स्तरमा निर्णायकको भूमिका निर्वाह गर्न थालेका हुन्।
त्यसयता उनले १३औं दक्षिण एसियाली खेलकुद ९साग०, थाइल्याण्ड अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनशिप २०२१, ग्(२२ एएसबीसी एशियन च्याम्पियनशिप २०२२ लगायतका प्रतियोगितामा निर्णायकको भूमिका निभाएका छन्। बैंककमा आयोजित उक्त प्रतियोगितामार्फत उनले क्ष्द्यब् टू स्टार रेफ्रीरजज सर्टिफिकेट प्राप्त गरेका थिए।
हालै, उनले काजकिस्तानमा आयोजित यू(२२ बक्सिङ च्याम्पियनशिप २०२४ मा क्ष्द्यब् त्री स्टार रेफ्रीरजज सर्टिफिकेशन कोर्ष पूरा गर्दै नेपालकै पहिलो ३ स्टार रेफ्रीरजज बन्न सफल भएका हुन्। साथै, उनले मन्टेनेग्रोको बुड्वा शहरमा आयोजित क्ष्द्यब् युथ विश्व बक्सिङ च्याम्पियनशिप मा पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए।
यस्तै, राष्ट्रिय खेलकुद सम्मान प्राप्त खेलाडीमा तेक्वान्दोका भरत सिंह महता, प्रेम बहादुर लिम्बु, र विर बहादुर महरा, कबड्डीकी अनुजा कुलुङ राई र मानमती विष्ट, तथा फुटबलकी दीपा शाही छन्। प्रशिक्षक तर्फबाट तेक्वान्दोका कविराज नेगी लामा, चिकित्सक तर्फ डा। राजु डंगोल सम्मानित भएका छन्।
मन्त्रालयले सम्मान प्राप्त व्यक्तिहरुलाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ। सो अवसरमा आयोजित सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङ, मन्त्रालयका सचिव डा। हरिप्रसाद लम्साल, साथै राखेपका कार्यकारी सदस्यहरू कमलबहादुर भट्टराई, हिमालकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो।
कार्यक्रममा खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार पनि प्रदान गरिएको मन्त्रालयले जनाएको छ।
