सुचना, समाचार र मनोरन्जन

धोबीखोलामा ७ तले घरमा चल्यो डोजर

काठमाण्डौ महानगरपालिकाले मापदण्ड विपरीत सडक किनारा मिचेर बनाइएको धोबीखोला देवीनगरको सात तले घरमा डोजर लगाएको छ । नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने क्रममा महानगरले आज यो घरमा डोजर लगाएको हो ।

महानगरले नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने क्रममा धोबीखोलामा नदी किनारमा नदी र सडक मापदण्ड मिचेर बनाइएका संरचनामा डोजर लगाउन शुरू गरेको थियो । त्यही क्रममा देवीनगरमा रहेका सात तले पक्की घरमा डोजर लगाएको हो ।

यसअघि महानगरले शङ्खमूलमा रहेको नदी किनार र फुटपाथ मिचेर बनाइएका भौतिक संरचनाहरू हटाएको थियो । महानगरले यसअघि नै सार्वजनिक सूचना निकालेर अनधिकृत संरचनाहरू स्वतःस्फूर्त रूपमा हटाउन सम्बन्धित पक्षलाई समयसीमा उपलब्ध गराएको थियो ।

Leave A Reply

Your email address will not be published.