सुचना, समाचार र मनोरन्जन

गोर्खा वारियरको ट्रेलर हेरेपछि फिल्मप्रति दर्शकको उच्च उत्साह

काठमाडौं :

आगामी फागुन ११ गतेबाट नेपालमा रिलिज हुन लागेको फिल्म ‘गोर्खा वारियर’को ट्रेलर अहिले निकै हिट छ । मिलन चाम्स निर्देशित यो चफिल्मको ट्रेलर उत्कृष्ट भएकै कारण यसलाई अहिले धेरैले फिल्मको बारेमा चर्चा गर्न थालेका छन्।

ओएसआर डिजिटलबाट रिलिज भएको गोर्खा वारियरको नेपाली संस्करणको ट्रेलरले अहिले सर्वाधिक सकरात्मक प्रतिक्रिया पाएको छ । ओएसआर डिजिटलबाट रिलिज भएको पाँच दिनमा यो फिल्मको ट्रेलरले ४ लाख ५० हजार भन्दा बढी भ्युज पाएको छ ।

यो ट्रेलरलाई २५ हजार दर्शकले लाईक गरेका छन् । यो एक्सन क्राईम तथा हिस्टोरीकल जनरामा निर्मित चलचित्र भएकाले यसको ट्रेलरलाई बुष्ट गर्न नमिले पनि दर्शकको हेराईबाटै दैनिक करिब एक लाख भ्युज यसले पाउँदै आएका निर्देशक मिलन चाम्सले बताएका छन्।यस्तै यो अवधिमा एक हजार तीन सय भन्दा बढी कमेन्ट यो ट्रेलरले पाएको छ । सबै कमेन्टहरु सकरात्मक छन् । ट्रेलर हेरेपछि यो चलचित्र सिनेमा हलमा हर्न आफुहरु निकै उत्साहित भएको कुरा ट्रेलरको कमेन्टमा उल्लेख गरिएको छ।

उनले भने,‘नेपाली चलचित्रको इतिहाँसमै हलिउड शैलीको ट्रेलर हेर्न पाउँदा साह्रै खुसी लागेको छ । यो फिल्म हलमा हेर्न म आतुर छु ।’

यस्तै काठमाडौंको वान सिनेमाले पनि यो फिल्मको ट्रेलरलाई आफ्नो साईटमा राखेको छ । सो साईटमा पनि गोर्खा वारियरको ट्रेलरले करिब तीन लाख भ्युज पाएको छ । २२ हजार लाईकसँगै दर्शकले गरेको पाँचसय भन्दा बढी दर्शकको पूर्ण सकरात्मक प्रतिक्रिया यसमा आएको छ । यो सहित विभिन्न एक दर्जन भन्दा बढी सिनेमा हल र अन्य च्यानलमा गोर्खा वारियरको ट्रेलर राखिएको छ । सबै ट्रेलरमा पूर्ण प्रशंसात्मक प्रतिक्रिया रहेको छ ।

फिल्ममा क्याप्टेन रितेश चाम्स, क्याप्टेन विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । अभियनमा बेलायतबाट डिप्लोमा गरेका यो फिल्मका मुख्य अभिनेता रितेश चाम्सले गोर्खा वारियरबाटै फिल्ममा अभिनयमा डेब्यु गरेका हुन् ।

गोर्खा वारियर नेपाली, हिन्दी, अँग्रेजी र कोरियनगरी चार भाषामा निर्माण भएको छ । यो फिल्मको नेपाली संस्करण तयार भईसकेको छ भने हिन्दी, कोरियन र अँग्रेजी सँस्करणको निर्माण पनि अन्तिम अबस्थामा पुगेको छ ।

गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरीराज घिमिरेको लेखन रहेको छ । जसमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ । यसको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने जसमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् ।

गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

यो फिल्म पहिलोपटक बेलायतमा हालै ऐतिहाँसिक रेड कार्पेट प्रिमियर गरेपछि ‘गोर्खा वारियर’ले अन्तराष्ट्रिय जगतमै चर्चा पाएको हो । त्यसो त गोर्खा वारियरले हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि प्रवेश पाएपछि यसको चर्चा झनै बढ्यो । नेपालमा यो फिल्मलाई नेपालमा श्री बेंकेटेस फिल्मस्का मनोज राठी र उज्ज्वल पौडेलले नेपालमा बितरण गर्दैछन् ।

Leave A Reply

Your email address will not be published.