सुचना, समाचार र मनोरन्जन

चाँदीको भाउ रेकर्डमा, बिहिबार चार हजार ८० रुपैयाँमा कारोबार

आज चाँदीको भाउ २५ रुपैयाँले बढेको छ । चाँदी २५ रुपैयाँले बढेर तोलाको चार हजार ८० रुपैयाँमा कारोवार भैरहेको महासङ्घले जनाएको छ । चाँदीको यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको चार हजार ५५ रुपैयाँ थियो ।

सुनको भाउ पनि आज तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुन सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ६० हजार चार सय रुपैयाँमा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५९ हजार सात सय रुपैयाँ थियो ।

Leave A Reply

Your email address will not be published.