सुचना, समाचार र मनोरन्जन

सुनको मूल्यमा भारी वृद्धि

 

काठमाडौं : आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा रू पाँच हजार ५०० र चाँदीको मूल्य रू २० ले वृद्धि भएको छ ।

 

आज छापावाल सुनको मूल्य तोलामा रू २ लाख ६७ हजार २०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा रू चार हजार २५५ पुगेको छ ।

 

छापावाल सुन सोमबार तोलामा रु दुई लाख ६१ हजार ७०० सय कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य रू चार हजार २३५ थियो ।

 

अन्तरराष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ ।

Leave A Reply

Your email address will not be published.