सुचना, समाचार र मनोरन्जन

सुनको मूल्य तोलामा २,८०० रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ,

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेको हो।
महासंघले आजका लागि निर्धारण गरेको नयाँ मूल्य सूचीअनुसार सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ४९ हजार ४ सय रुपैयाँ तोकिएको छ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ९५ रुपैयाँ रहेको महासंघले जनाएको छ।

Leave A Reply

Your email address will not be published.