सुचना, समाचार र मनोरन्जन

लगातार चार दिनदेखि बढेको सुनको भाउ आज १ हजार ७ सय रुपैयाँले घट्यो

काठमाडौँ,

लगातार चार दिनदेखि बढेको सुनको भाउ आज भने घटेको छ । सुनको भाउ आज एक हजार सात सय रुपैयाँले घटेर तोलाको दुई लाख २१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख २३ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर दुई हजार ६ सय ८५ रुपैयाँमा झरेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार सात सय रुपैयाँ थियो ।

Leave A Reply

Your email address will not be published.