सुचना, समाचार र मनोरन्जन

‘गोल्डेन स्टार किड्स एण्ड युथ ट्यालेन्ट शो’का लागि २८ प्रतियोगी छनोट

काठमाडौं :

 राजधानीमा सम्पन्न अडिसन चरणपछि ‘गोल्डेन स्टार किड्स एण्ड युथ ट्यालेन्ट शो’का लागि २८ प्रतियोगी छनोट भएका छन्। गायन, नृत्य, अभिनय लगायत विभिन्न विधामा ९० भन्दा बढी सहभागीहरूमध्येबाट उत्कृष्ट प्रदर्शन गर्ने २८ जनालाई फाइनलका लागि छानिएको हो।

प्रतियोगिताका इभेन्ट डाइरेक्टर रमेश जंग शाहीका अनुसार कार्यक्रमले नेपाली बालबालिका र युवाहरूमा रहेको कला, सिर्जनशीलता र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न सहयोग गर्ने उद्देश्य लिएको छ। उनका अनुसार प्रतियोगिताले नेपाललाई प्रतिभा र फेशनको क्षेत्रमा विश्वस्तरमा चिनाउने ढोका खोल्ने विश्वास गरिएको छ।

Pach Pandav

छनोट भएका प्रतियोगीहरूमा गोकुल पोखरेल, राजन बराइली, परिष्णा क्षेत्री, प्रमिशा तामाङ, पुष्पाञ्जली भट्टराई, मनोग्य शर्मा, रुकेश गिरी, आशु ढकाल, प्रियांशु न्यौपाने, प्रीति परियार, नम्रता मैनाली, समीप न्यौपाने, विज–इ–वन, अर्पणा घतानि, सोफिया विष्ट, सुस्मिता नेपाली, विवेक दनुवार, नमुना शाही, रितु सुनार, आँचल तामाङ, रोबिया आचार्य, श्रेया रौनियार, कल्पना महतो, अर्नव लकन्दरी, कुसुम भण्डारी, अल्विन खनाल, रुथ देवी र आयुष घिमिरे रहेका छन्।

प्रतियोगिताको अन्तिम चरण आगामी भदौ १४ गते आयोजना हुनेछ। उक्त चरणमा सार्वजनिक भोटिङ (जिनो पे) र निर्णायकहरूको मूल्याङ्कनको आधारमा विजेता घोषणा गरिनेछ।

विजेताले अक्टोबर ३० देखि नोभेम्बर ४ सम्म टर्कीको एन्टाल्यामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता र ‘फेशन वीक’को सातौँ संस्करणमा नेपालको आधिकारिक प्रतिनिधित्व गर्नेछन्।

प्रतियोगिताको कोरियोग्राफर रोजिन शाक्य र नेशनल डाइरेक्टर प्रमिला सिलवाल रहेका छन्। आयोजकका अनुसार ‘गोल्डेन स्टार किड्स एण्ड युथ ट्यालेन्ट शो’ले विश्वभरका प्रतिभाशाली बालबालिका र युवाहरूलाई एकै मञ्चमा ल्याउने लक्ष्य लिएको छ।

Leave A Reply

Your email address will not be published.