
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- आज विजयादशमी : कुन दिशा फर्केर लगाउने टीका ? यस्तो छ शुभ साइत र धार्मिक विधि
- राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चना
- खेलकुदसँग पर्यटन जोड्दै पोखरा एभेन्जर्स, क्याम्पिङ चौरको सौन्दर्यीकरण
- शारदीय नवरात्रको नवौँ दिन : सर्वसिद्धि प्रदायक माता सिद्धिदात्रीको महिमा र पूजाविधि
- आज कात्तिक ३ गते मङ्गलबारको राशिफल हेर्नुहोस
- ‘छ माया छपक्कै-२’ : प्रेमको कथा कि राजनीतिक महाभारतको ऐना?
- मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
- काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन
- दसैँमा ग्यास्ट्रिकको समस्याबाट कसरी जोगिने ?
- ३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ
‘ग्रे लिष्ट’मा नेपाल, चुनौतीसँगै अवसर पनि
काठमाडौँ,
नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले नेपाल अन्तरराष्ट्रिय वित्तीय निकाय फाइनान्सियल एक्सन टाक्सफोर्सको ‘ग्रे लिष्ट’ पर्नु चुनौती पूर्ण भए पनि मुलुकको सम्पत्ति शुद्धीकरण संयन्त्र सुधार्ने ठूलो अवसरका रूपमा लिनुपर्ने बताएका छन ।
राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण रोकथाम तथा सुपरिवेक्षण विभागद्वारा आज यहाँ आयोजित सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादलाई वित्तीय सहयोगसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा उनले यो हाम्रा लागि अवसरका रूपमा पनि रहेको बताए । “यसले हामीलाई आन्तरिक संयन्त्र सुदृढ, पारदर्शी र विश्वव्यापी मापदण्डअनुसार बनाउनुपर्ने पाठ सिकाएको छ”, उनले भने ।

अत्याधुनिक प्रविधि प्रयोग गरी वित्तीय अपराध गर्ने प्रवृत्ति बढ्दै गएको बताउँदै त्यसलाई नियन्त्रण गर्न सुपरिवेक्षण संयन्त्रलाई थप स्रोतसाधन सम्पन्न बनाउनुपर्ने पनि उनले बताए । “त्यसका लागि भोली समस्या परेपछि गरौँला भनेर वा घटनापछि प्रतिक्रियात्मक भएर हुँदैन, पूर्वतयारी गर्नुपर्छ”, उनले भने ।
कानुनी छिद्र प्रयोग गरी वित्तीय अपचलन र अपराध गर्ने चलन बढेकाले सबै यसप्रति सचेत हुनुपर्नेमा गभर्नर प्रा डा पौडेलले जोड दिए । मुलुकलाई स्वास्थ्य र शिक्षामा खर्च गर्नुपर्ने रकम यस्ताको रोकथाममा लगाउन बाध्य बनाउनुको साथै सामाजिक र वर्गीय विभेदलाई गहिराउने धारणा पनि उनको थियो । बिहीबारसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का बङ्गलादेश र मङ्गोलियाका केन्द्रीय बैंकका अधिकारीहरू सहभागी छन् ।