काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले ऋण लिएर घ्यू खाने प्रवृत्तिको अन्त्य नभएसम्म नेपालमा रोजगारी सिर्जना नहुने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिदै पुर्व मन्त्री गुरुङले लिएको ऋण उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे ।
उनले भने, “ऋण लिएर घ्यू खाने प्रवृत्तिको अन्त्य नभएसम्म देशमा रोजगारी सिर्जना हुँदैन । ऋण लिएर उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ ।”