पोखरा,
गुरुङ तथा मगर भाषालाई गण्डकी प्रदेशमा कामकाजिको भाषाको रुपमा ल्याउन बनेको विशेयक पारित भएको खुसीयालीमा पोखरामा मंगलबार साँझ दीप प्रज्वलन गरिएको छ ।
मंगलबार साँझ तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीले पोखराको मानअधिकार चोकमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा सहभागि भएकाहरुले हर्षोल्लासका साथ खुसीयाली बनाएका हुन् ।
कार्यक्रममा खुसीयाली मनाउँदै वर्षौदेखि माग गर्दै आएका मुद्धाहरुमध्ये एउटा माग पूरा भएको बताए । तर उनीहरुले गुरुङ र मगरलाई खेमा लिपिसंगै कार्यान्वयनमा लैजान सबैको सहयोग अपरिहार्य भएको बताए ।

परिषदका उपाध्यक्ष मनोज गुरुङ, गण्डकी प्रमुख जीत बहादुर गुरुङ, कास्की अध्यक्ष सीता गुरुङ, सचिव आश बहादुर गुरुङ लगायतले विधेयक पारित भएकोमा प्रदेश सभा, मुख्यमन्त्री, सांसदहरु सामाजिक संघ संस्थाहरु र गण्डकी प्रदेशवासीमा खुसी छाएको बताए । तर उनीहरुले आफ्ना मागहरुलाई सरकारले स्पष्ट रुपमा ल्याउनु पर्ने र कार्यान्वयनको पाटोलाई बलियो बनाउन सुझाए ।
यसैबीच, परिषदको केन्द्रीय समितिले मंगलबार एक प्रेस बिज्ञप्ती प्रकाशित गरेर गण्डकी प्रदेश सभाले ऐतिहासिक निर्णय गरेकोमा संसारभरका गुरुङहरु गौरवान्वित भएको र निर्णयको स्वागत गरेको जनाएको छ ।
महासचिव राजु गुरुङले जारि गरेको बिज्ञप्तीमा भाषा, लिपि, संस्कार, संस्कृति, कर्ला र धर्मको संरक्षण, प्रयोगका बारेमा प्रदेश सरकार उदार छैन भन्ने भाक्ष्य सिर्जना भएकोमा मंगलबार गरिएको निर्णयले ऐहिासिक महत्व राख्ने जनाईएको छ ।