सुचना, समाचार र मनोरन्जन

‘जारी २’मा गुञ्जियो ‘युमा हजुरी’: संगीतमा मनोज थापा मगर, शब्द हर्क साउद

काठमाडौं :

सफलताका साथ विश्वव्यापी प्रदर्शनरत सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक गरिएको छ। बिहीबार निर्माण कम्पनि बाँसुरी फिल्मस्को युट्युबमा सार्वजनिक गरिएको गीत ‘युमा हजुरी’मा मनोज थापा मगरको संगीत कम्पोज तथा हर्क साउदको गीत रचना रहेको गीत संगीतकार मनोज थापा मगर र सुनिता थेगिमको स्वर छ ।

यो सिनेमाले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । निर्माण टिमले हालसम्म कति व्यापार गर्यो भन्ने आधिकारिक रुपमा सार्वजनिक गरेको छैन् । नेपालभरका सिंगल स्क्रिनदेखि मल्टीप्लेक्ससम्मका हलमा टिकट बिक्रि गर्ने अफिसियल वेवसाइट हेर्दा सिनेमाकाले आक्रामक व्यापार गरेको देख्न सकिन्छ । गत मंगलबारबाट यो सिनेमाको निर्माण टिमले ‘डिरेक्टर्स कट’ प्रदर्शनमा ल्याएको छ ।

सिनेमाका लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले दर्शक तथा समीक्षकको सल्लाह अनुसार नै ‘डिरेक्टर्स कट’ पुनः सेन्सर गरेर प्रदर्शनमा ल्याइएको बताउँछन् । दर्शकमाझ ‘डिरेक्टर्स कट’ले उत्साह पैदा गर्दै उत्कृष्ट प्रतिक्रिया पाइरहेको समाजिक सञ्जालमा आएको प्रतिक्रियाबाट देख्न सकिन्छ । निर्देशक सुब्बा र अभिनेत्री मिरुना मगर बुधबार मात्रै पूर्वीनेपालका दर्शक साक्षात्कार सकेर काठमाडौं फर्केका थिए ।

पूर्वीनेपालमा दर्शक साक्षात्कारमा मिलेको प्रतिक्रियाले उत्साहित बनाएको निर्देशक सुब्बा र अभिनेत्री मगरको भनाई छ । यो सिनेमाले देशभरमा नै राम्रो व्यापार गरेपनि विशेषगरी पूर्वी नेपालमा भने विष्फोटक व्यापार गरिरहेको छ । लिम्बु समुदायको कथामा निर्माण भएको सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ । उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.