सुचना, समाचार र मनोरन्जन

र्‍यापर हाकिम र ब्रिजेशले ल्याए र्‍याप गीत ‘चिसो चिसो हावाले’

काठमाडौँ  :

र्‍यापर हाकिम र गायक ब्रिजेश श्रेष्ठले संयुक्त प्रस्तुतीमा तयार भएको र्‍याप गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक गरेका छन्। आज काठमाडौँस्थित जमलमा रहेको विश्वज्योती सिनेप्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको र्‍याप गीतको अडियो गायक श्रेष्ठले तयार गरेका हुन्। गीतको भिडियोमा समेत गायक श्रेष्ठ, र्‍यापर हाकिम, मोडल युकी, एलिस बहादुर सिंहलगायतले अभिनय गरेका छन् ।

सार्वजनिक गीतले त्रिकोणात्मक प्रेमलाई दर्शाउने गायक श्रेष्ठले बताए।

उनले भने,‘गीतमा चिसो हावालाई प्रेम कल्पना गरिएको छ । केही समयको अन्तरालमा ल्याएको यो गीत मलाई मध्यरातमा फुरेको थियो । हाकिम दाईसँग यसको अडियो तयार गरेपछि नेस स्टुडियो र फुजी स्टुडियोले यसको भिडियो परिकल्पना गरेका हुन्। अडियो झैँ भिडियो पनि सशक्त हुनुपर्छ भन्ने लागेर हामीले मेहनत गरेका छौँ ।’

Gandarbha

गीत सार्वजनिक समारोहमा उपस्थित रहेका र्‍यापर गिरिश खतिवडाले ¥यापको माहोल राम्रो बनिरहेको देख्दा खुसी लागेको बताए।

‘यसरी र्‍यापर अगाडी आएर आफूलाई चिनाउदै गीत सार्वजनिक गर्दा निकै खुसी लाग्छ । यो गीत अडियो र भिडियो पनि राम्रो बनेको छ । यस्तै कार्यक्रम गरेर यस्ता गतिविधि बढाउनु पर्छ। अहिलेको नयाँ पुस्ताले समेत ¥यापलाई राम्रोसँग अगाडी बढाएको देख्दा खुसी छु’, ¥यापर खतिवडाले भने ।

र्‍यापर हाकिमले ¥यापरको भेटघाटका लागि पनि यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए। उनले भने,‘हामीले सधै कभर भिडियो बनाएर गीत सार्वजनिक गर्ने गरेका छौँ। आर्थिक अनुकुलता नहुँदा पनि त्यस्तो भएको पाइन्छ, तर यसरी सानै भएपनि कार्यक्रम गर्दा भेटघाटसँगै आत्मियता बढ्छ। एकअर्कासँग सहकार्य गर्ने माहोल बन्छ ।’

कार्यक्रममा शुभकामना दिन ¥यापर मानस घले पनि उपस्थित थिए। विवेक मगरको छायाङ्कन र निर्देशन रहेको गीतको भिडियो नेस स्टुडियोमार्फत सार्वजनिक गरिएको छ। र्‍यापर हाकिमको ‘राक्षस’,‘चोरीदेउ लौन मलाइ’ र ब्रिजेशको ‘रङ्ग’, ‘ओ मैचा’,‘डल्ली’ लगायतका गीत लोकप्रिय छ।

Leave A Reply

Your email address will not be published.