सुचना, समाचार र मनोरन्जन

हलमा लाग्यो बहुप्रतिक्षित फिल्म ‘हली’, दर्शकको उत्साहजनक उपस्थिति

काठमाडौं :

नेपालमा बहुप्रतिक्षित फिल्म ‘हली’ शुक्रबारदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको छ। नेपालका साथै माल्दिभ्सका सिनेमा घरहरूमा पनि यो फिल्म आजैबाट एकैसाथ रिलिज भएको हो। प्रदर्शनको पहिलो दिन बिहानैदेखि नेपालका अधिकांश हलहरूमा दर्शकको बाक्लो उपस्थिति रहनुका साथै धेरैजसो शोहरू हाउसफुल रहेका छन्।

छाउपडी प्रथाको सामाजिक कथावस्तुमा निर्माण भएको यो फिल्मलाई विदेशमा पनि उच्च मागका साथ प्रदर्शन गर्ने तयारी गरिएको छ। जसअनुसार अगष्ट ९ मा साइप्रस, सेप्टेम्बर २० मा युके र अक्टोबर ११ मा हङकङमा यो फिल्म प्रदर्शन हुनेछ। ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको फिल्मलाई जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेका हुन्। पूजा गुरुङ र जश्मिन श्रेष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल हुन्।

फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक ओम प्रतीक स्वयंको मुख्य अभिनय रहेको छ। फिल्मको विशेष आकर्षणका रूपमा रहेको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माजस्ता चर्चित कलाकारहरूले विशेष नृत्य प्रस्तुत गरेका छन्।

फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ भने निर्माता जश्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरी र शान्ति श्री परियारको स्वर सुन्न सकिन्छ। राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा ओम प्रतीक र कविराज गहतराजको संयुक्त कोरियोग्राफी रहेको यस फिल्मलाई नेशनल सिने ग्रुपले वितरण गरेको हो भने डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहेको छ।

Leave A Reply

Your email address will not be published.