सुचना, समाचार र मनोरन्जन

जेन–जी आन्दोलन शान्त भएपछि फिल्म हल खुल्दै, ‘अभिमन्यु’ र ‘जारी २’ स्थगित

काठमाडौं :

जेन–जी आन्दोलनले थिलथिलो बनेको फिल्म हल भोलीबाट खुल्ने भएका छन्। दसैंको मुखैमा जेन–जी आन्दोलनले सबै क्षेत्रमा तहस नहस पारेपछि फिल्म हल समेत निसानामा परेको थियो। आइतबार चलचित्र संघको बैठकले दसैंको माहोललाई लक्षित गर्दै हल खोल्ने निर्णया गरेको हो।
गत भदौ २३ र २४ गतेको आन्दोलनले ४ वटा भन्दा बढि फिल्म हलमा क्षति पुगेको थियो। विराटनगरको भाट भटेनीमा आगलागी हुँदा क्युएफएक्स हल पुर्ण रुपमा ध्वस्त भयो। त्यो हल बन्द बन्दैन एकिन छैन। तर हलले १५ करोड भन्दा माथीको क्षति व्यहोर्नु पर्यो। त्यो बाहेक काठमाडौंका ल्होसे मल,अष्टनारायण हल लगायत अन्य ठाउँको समेत हलमा लागजानी तथा तोडफोड भएको थियो।

चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले परिचयसँगको कुराकानीमा सबैतिरका हलको कति क्षति विवरण आइ नसकेको बताए। उनले केहि दिनमा नै आउने जानकारी दिए। उनका अनुसार जलेको हल बाहेक देशभरका १६४ वटा हलबाट फिल्म लाग्दैछ। गत शुक्रबारबाट हलमा लागेको फिल्म ‘रिमै’सहित‘मोहर’,‘माग्नेराजा’,‘गुन्यु चोलो’लगायतले प्रदर्शनमा निरन्तरता पाउने चलचित्र संघले जानकारी दिएको छ।

‘अभिमन्यु’चल्नै पाएन,‘जारी २’नि सर्यो

गत फागुन २७ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘अभिमन्यु’को प्रदर्शन रोकियो। फिल्मका निर्माता विनोद पौडेलले तत्काललाई फिल्मको प्रदर्शन मिति रोकिएको बताए। उनले कहिले फिल्मबाट प्रदर्शन गर्ने भन्ने कुरामा वितरकसँग छलफल गरेपछि मात्रै तोकिने बताए।
‘दसैंअघि फिल्म प्रदर्शन आफुले नगर्ने र प्रदर्शन गर्नेलाई सघाउछु,’उनले भने,‘दसैंपछि नै फिल्मको प्रदर्शन मिति तोक्छौ होला।’

उनले यसअघि ब्लकबस्टर फिल्म ‘पुर्ण बहादुरको साराङ्गी’निर्माण गरेका थिए। जुन फिल्मले नेपालको हलबाट मात्रै ४८ करोड भन्दा माथी ग्रस कलेक्सन गरेको थियो। यस फिल्ममा लक्ष्मी बर्देवा,किरण श्रेष्ठ लगायतको अभिनय रहेको छ।

त्यसैगरि फिल्म ‘जारी २’को पनि प्रदर्शन मिति स्थगित गरिएको छ। आउँदो असोज ३ गतेबाट रिलिजमा आउने भनिएको यो फिल्मलाई निर्माण पक्षले अनिश्चितकालका लागि स्थगित गरेको हो।फिल्मका निर्देशक उपेन्द्र सुब्बाले जेनजी आन्दोलनले पारेको प्रभावका कारण तत्काल फिल्म प्रदर्शन गर्न नसकिने बताए।

निर्माण कम्पनी बाँसुरी फिल्मस्को निर्माण भएको यस फिल्मको एक साताअघि ट्रेलर रिलिज समेत अन्तिम समयमा रोकेको थियो। यस फिल्ममा दयाहाङ राई, मिरुना मगर,विजय बराल,बुद्धि तामाङ लगायतको मुख्य भूमिका रहेको छ। यो अघिल्लो वर्षको हिट फिल्म ‘जारी’को सिक्वेल हो।

दसैंमा ‘माइतीघर’,‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’

गत वर्ष जस्तै यस वर्ष पनि तीन फिल्म दसैंको फूलपातीबाट हलमा लाग्ने पक्का भएका छन्। जेन–जीको आन्दोलनको प्रभावमा ‘माइतीघर’,‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’रोकिने हो की भन्ने चर्चा चलेको थियो। तर निर्माण पक्षले फिल्म हलमा चलाउने भन्दै आइतबार(आज)बाट प्रमोसनमा लागेका छन्। निर्माता रोहित अधिकारीको फिल्म ‘माइतीघर’हो भने ‘बलिदान’ निर्देशक सन्तोष सेन हो। त्यसै गरि टेलिफिल्ममा चर्चामा आएको हरिवंश आचार्यको क्यारेक्टर ‘हरिबहादुर’लाई नाम दिएर ‘हरिबहादुरको जुत्ता’पनि सँगै प्रदर्शनमा आउन लागेको हो। यो फिल्मलाई गायक सरोज वलीले निर्माण गरेका हुन्। दर्शकले फरक फरक विषयवस्तुको सिनेमा हेर्न पाउने भएका हुन्।

रोहित अधिकारी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’मा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजन, सङ्गीता थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ। मिलन तामाङको निर्देशनमा तयार भएको फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी छ। ईश्वर श्रेष्ठ र नीरज कटुवाल फिल्मका कार्यकारी निर्माता हुन्।

त्यसैगरि आशुसेन फिल्म्सको निर्माण भएको फिल्म ‘बलिदान’मा सन्तोष सेनले निर्देशन गरेका हुन् भने निर्मातामा पवन विष्ट छन् । फिल्ममा समिर भट्ट,ऋचा शर्मा लगायतको अभिनय रहेको छ।

सोही दिन प्रदर्शनमा आउने हरिवंश आचार्यको मुख्य भुमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’लाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्। फिल्ममा हरिवंका साथमा प्रकाश सपुत,स्वस्तिमा खड्का,प्रियंका कार्की लगायतको अभिनय रहेको छ। फिल्ममा लगानी सरोज वलीका साथमा मोहितवंश आचार्य पनि रहेका छन्। जो हरिवंश आचार्यका छोरा हुन्। तीनै फरक फरक स्वादका फिल्ममा दसैंमा दर्शकले हेर्ने निर्माण पक्षको भनाई रहदै आएको छ।

Leave A Reply

Your email address will not be published.