सुचना, समाचार र मनोरन्जन

अस्पतालबाट डिस्चार्ज भएपछि हरिवंश आचार्यले गीत गाउन थाले

काठमाडौं :

गत आइतबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका हास्य कलाकार हरिवंश आचार्य गीत गाउन थालेका छन्। मङ्गलवार मध्यान्हमा डिस्चार्ज भएका उनले शुक्रबार सरोज वलीको नयाँ गीत गाएका हुन्।

Pach Pandav

गीतकार सरोज वलीले सामाजिक सञ्जालमार्फत हरिवंशसँगको सहकार्यमा नयाँ गीत रेकर्ड भएको जनाएका हुन्। हरिवंशको गत आइतबार अचानक नाकबाट रगत बग्न थालेपछि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको थियो।

डिस्चार्ज भएसँगै आचार्यले विराटनगर तिनपैनीस्थित श्याम मन्दिरको दर्शन गरेका थिए। उनले मन्दिर दर्शन पछि सेन्ट्रल मलस्थित सेन्टर मल्टिप्लेक्स हल भ्रमण र विराटनगरको भृकुटी चोकमा वृक्षारोपण समेत गरेका थिए।

Leave A Reply

Your email address will not be published.