सुचना, समाचार र मनोरन्जन

नेपाली, तेलुगु र हिंन्दी भाषामा रिलिज‘ह्रस्व दीर्घ’मा हरिहरको एंग्री लुक्स

काठमाडौं :

यतिबेला असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनको हुने फिल्म ‘ह्रस्व दीर्घ’को व्यापक प्रचारप्रसार भइरहेको छ। फिल्मको बारेमा जानकारी दिनका लागि निर्माण टिमले कहिले पत्रकार सम्मेलन त कहिले नयाँनयाँ पोस्टर सार्वजनिक गरिएको छ। केहि साता अघि अभिनेत्री निता ढुङ्गानाको पोस्टर सार्ववनिक गरेको निर्माण टिमले फेरि अर्को पोस्टर सार्वजनिक गरेर चर्चा कमाएको छ।

Pach Pandav

आइतबार सार्वजनिक निर्माण टिमले फिल्म ‘ह्रस्व दीर्घ’को अर्को पोस्टर सार्वजनिक गरेको हो। जसमा अभिनेता हरिहर अधिकारीलाई एंग्री योङ्गम्यानको रुपमा प्रस्तुत गरिएको छ । चन्द्र पन्तको डेव्यु निर्देशकिय सिनेमाको सार्वजनिक पोस्टरमा हरिहरका अलवा कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकारलाई फिचर्ड गरिएको छ । निर्माण टिमले पोस्टरका अलवा केही दिनमा फिल्मको टिजर नै सार्वजनिक गर्ने तयारी लागेको छ। पोस्टरले दर्शकलाई उत्साहित बनाउने विश्वास निर्देशक पन्तको छ ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी रहेका छन्। नेपाल तथा भारतका थुप्रै कलाकारले अभिनय फिल्ममा नीता ढुंगाना, ब्रह्मानन्दम, अली, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतको अभिनय रहेको छ। निर्माण पक्षले जानकारी नदिए पनि यस फिल्ममा अभिनेत्री रेखा थापाको पनि भुमिका रहेको हल्ला चलेको छ। रेखाले पनि केहि दिन यस फिल्ममा अभिनय गरेको बुझिएको छ।

अभिनेता अधिकारी कै पटकथा तथा संवाद रहेको फिल्मलाई भारतिय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्। नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा यो फिल्म रिलिज हुने निर्माण पक्षको भनाई छ । यो फिल्मलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

Leave A Reply

Your email address will not be published.