सुचना, समाचार र मनोरन्जन

धरानका मेयरलाई भेट्न धरान पुग्यो ‘पर्खि बसे तिमीलाई’टिम

काठमाडौं :

देशको राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर आफ्नो कार्यकक्षबाट हटाएर विवादित बनेका धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङलाई पछिल्लो समय नेपाली कलाकारहरुले भेटघाट तिब्र बनाएका छन्।

नेपालमा मेयरका हिसावले पपुलर बनेका हर्कलाई भेट्न केहि दिन यता धमाधम कलाकार तथा निर्माण टिमले भेटेर आफ्ना फिल्मको प्रचार गरिरहेका छन्। आफुलाई कलाकारले भेटेपछि दंग पर्दै आएका मेयर हर्क नेपाली फिल्मप्रति पनि राम्रै मोह समेत राख्दै आएका छन् ।

यहि पुष२७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पर्खि बसें तिमीलाई’का निर्माण टिमले यसैबिच, मेयर हर्कलाई भेटेका छन्। फिल्मको प्रचारप्रसारका क्रममा निर्देशक दीपक श्रेष्ठ लागयतको टिमले उनलाई भेट गरेका हुन्। भेटमा हर्कले फिल्म सफलताको शुभकामना दिएका छन् ।

नयाँ कलाकारलाई फिल्म निर्माण गर्न निकैगाह्रो भएको कुरा मिडियामा बताउँदै आएका पुराना निर्देशकले प्रचारको क्रममा हर्कलाई भेटेको हो। मेयर हर्कले थालेको धरानमा सुम्निमा र पारुहाङ शालिकको निर्माणका लागि सहयोग गर्ने बचन समेत दिएका छन्। निर्देशक श्रेष्ठको टिमले यो फिल्मको एक शोबाट उठेको रकम धरानमा सुन्मिमा पारुहाङ निर्माणमा सहयोग गर्ने घोषणा गरेको हो।

यो फिल्ममा नव–कलाकार किरण श्रेष्ठ र रक्षा बुढाथोकी मुख्य भूमिका रहेको छ। लभ स्टोरी कथामा निर्माण भएको यो फिल्मलाई लिएर निर्माण टिम निकै उत्साहित देखिएको छ।

Leave A Reply

Your email address will not be published.