सुचना, समाचार र मनोरन्जन

नीताको ‘ह्रस्व दीर्घ’मा अभिनय गर्न नेपाल आइपुगे बलिउड अभिनेता प्रदीप रावत

काठमाडौं :

नेपालमा धमाधम निर्माण भइरहेको फिल्म ‘ह्रस्व दीर्घ’मा कलाकार जोडिने क्रम जारी रहेको छ। यहि फिल्मका लागि बलिउड र साउथ फिल्ममा खलनायक भूमिकामा देखिँदै आएका अभिनेता प्रदीप रावत भित्रिएका छन्। उनी नेपाली फिल्म ‘ह्रस्व दीर्घ’मा काम गर्नका लागि काठमाडौं आइपुगेका हुन् ।

Pach Pandav

उनी शुक्रबार इण्डिगो एयरलाइन्सको विमानमार्फत् काठमाडौं ओर्लिएर छायांकनका लागि चितवन पुगिसकेका छन् । उनले पहिलो पटक नेपाली फिल्ममा काम गर्न लागेका हुन्। निर्माण पक्षका अनुसार उनी एक साता नेपालमा हुनेछन्। ‘ह्रस्व दीर्घ’मा प्रदीपले अभिनेत्री नीता ढुंगानाको पिताको भुमिकामा अभिनय गर्दैछन् ।

‘ह्रस्व दीर्घ’को छायांकन ११ दिनदेखि चितवनका विभिन्न ठाउँमा भइरहेका छन्। द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण भइरहेको यो फिल्ममा भारतिय कलाकारका अलवा नीताका साथै हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईँटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झालगायतको समेत अभिनय रहने छ। ७ करोड लगानीमा बन्न लागेको यो फिल्मलाई नीता र हरिहरले निर्माण गरेका हुन्।

Leave A Reply

Your email address will not be published.