सुचना, समाचार र मनोरन्जन

सिंहदरबारको एउटा भवन बनाउन दिनुस्, श्रमदान गरेर बनाउँछौँ: हर्क साम्पाङ 

काठमाडौँ,
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनमा जलाइएको सिंहदरबारको एउटा भवन बनाउन अनुमति मागेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साम्पाङले श्रमदानबाटै सिंहदरबारभित्रको भवन बनाउने बताएका हुन्। ‘विगतमा जेनजी आन्दोलनमा जलेको सिंहदरबारका भवनहरूमध्ये कुनै एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिनुस्। हामी श्रमदान गरेर बनाउनेछौँ,’ साम्पाङले भने।

प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३÷८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफल चलिरहेको छ। त्यही क्रममा उनले सुनसरी लगायत देशका विभिन्न जिल्लाका विकास निर्माणका योजनाका लागि बजेट विनियोजन गर्न माग गरेका छन्।

Leave A Reply

Your email address will not be published.