सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्रीले कर्तव्य पूरा गर्न सक्नुहुन्न भने मार्गप्रशस्त गर्दा राम्रो: हर्क साम्पाङ

काठमाडौँ,

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई ९हर्क साम्पाङ०ले प्रधानमन्त्री बालेन शाहको राजीनामा मागेका छन् ।

प्रधानमन्त्री शाहले आफ्नो कर्तव्य पालना नगरेको आरोप लगाउँदै राईले भने, ‘यदि आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्गप्रशस्त गर्दाखेरी राम्रो हुन्छ ।’

आजको संसद बैठक सुरु भएलगत्तै अघिल्ला दिनजस्तै उठेर राईले प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यसपछि सभामुख डीपी अर्यालले उनलाई दुई मिनेट बोल्न समय दिए ।

आफ्ना भनाइ राख्ने क्रममा राईले प्रधानमन्त्री शाह पनि संसद सदस्य भए संसद निमावलीको नियम १५ को उपनियम २ मा भएको व्यवस्था अनुसार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बताए ।

आफूले २०८३ साल वैशाख २८ र २९ गते उठाएका प्रश्नको जवाफ नपाएको गुनासो उनले गरे । आफ्ना प्रश्न केही गृह मन्त्रालय र केही रक्षा मन्त्रालयसँग सम्बन्धित रहेको र ती मन्त्रालय हाल प्रधानमन्त्री मातहत रहेकाले त्यसको जवाफ पनि प्रधानमन्त्री बालेन शाहले नै दिनुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.