सुचना, समाचार र मनोरन्जन

घरेलु बक्सअफिस : ‘हर्ष’ ले २८ लाख, ‘जेरी अन टप’ र ‘परान’ ले अग्रता कायम

काठमाडौं :

अभिनेता खगेन्द्र लामिछाने र वर्षा राउत अभिनित फिल्म ‘हर्ष’ ले पछिल्लो शनिबारसम्म घरेलु बक्सअफिसमा २८ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ। सोही अवधिमा फिल्मका ८ हजार ४३६ टिकट बिक्री भएका छन्।

यही अवधिमा प्रदर्शनरत अन्य फिल्ममध्ये ‘जारी २’ ले ६ करोड २३ लाख रुपैयाँ ग्रस कमाएको छ। फिल्मका २ लाख ७ हजार टिकट बिक्री भएको सिनेपाः बक्सअफिसले जनाएको छ।

फिल्म ‘मनबिनाको धन’ ले ३ करोड ७९ लाख रुपैयाँ ग्रस आम्दानी गरेको छ। यस फिल्मका १ लाख ४५ हजार टिकट बिक्री भएका छन्। अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ को पछिल्लो कलेक्सन १२ करोड २६ लाख ६ हजार २४० रुपैयाँ ग्रस पुगेको छ। फिल्मका ३ लाख ९१ हजार टिकट बिक्री भएका छन्। फिल्मले सोही दिनमा प्रदर्शनको ५१ दिन पुरा गरेको थियो।

यसैबीच, नीर शाह अभिनित ‘परान’ ले सोही मिति अर्थात २० मंसिरसम्म १६ करोड ९७ लाख ९३ हजार ३५४ रुपैयाँ ग्रस कमाइसकेको छ। फिल्मको कुल कलेक्सन १७ करोड नाघेको सिनेपाः बक्सअफिसले सार्वजनिक गरेको छ।

Leave A Reply

Your email address will not be published.