सुचना, समाचार र मनोरन्जन

उभिएर यात्रा गर्न मिल्ने हवाईजहाज आउँदै

काठमाडौँ,

तर, युरोपेली केही ठूला एयरलाइन्सहरुले भने आफ्ना केही जहाजहरुमा यात्रुहरुलाई सस्तो भाडा दरमा उभिएर यात्रा गराउने तयारी गरेको फस्ट पोस्टले जनाएको छ । समाचार अनुसार दुई घण्टाभन्दा कम दुरीको छोटो उडानमा मात्र उभिएर यात्रा गर्न मिल्ने हवाईजहाज उडाइने छ ।

युरो विक्ली न्युजले हालै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार यो योजनालाई ‘स्काई राइडर २.०’ नाम दिइएको छ । यो स्याडल शैलीको सिट इटालीको कम्पनी ‘एभियो इन्टेरियर्स’ले सन् २०१८ मै डिजाइन गरेको थियो । त्यसलाई सन् २०२६ को सुरुमा व्यावसायिक रूपमा लागू गर्ने तयारी छ ।

फस्ट पोस्टले राखेको भिडियो हेर्दा उभिएर यात्रा गर्ने मिल्ने सिटको डिजाइन साइकलको सिट जस्तै देखिन्छ । अनि पछाडि ढाड र टाउको अड्याउन मिल्ने गरी सपोर्ट दिइएको छ । सुरक्षाका लागि सिटबेल्ट पनि राखिएको छ । अगाडि र पछाडिका सिटको दुरी घटाइएको छ ।

सिटको तौल पनि सामान्य विमान सिटको तुलनामा आधा कम हुने छ । त्यसले इन्धनको खपत र विमानको तयारी समय दुवै घटाउन मद्दत गर्ने बताइएको छ।

रिपोर्ट अनुसार, स्काइराइडर सिट राखिएका हवाईजहाजबाट आपतकालीन स्थितिमा यात्रुहरुलाई चाँडै बाहिर निकाल्न मिल्ने लगायतका अरु सुरक्षा परीक्षणहरू पास भइसकेको छ । तर, उडान नियामक निकायहरूले अन्तिम स्वीकृति दिन भने बाँकी छ ।

युरोपेली उड्डयन उद्योगमा यस प्रकारको नयाँ प्रविधिप्रति चासो बढ्दै गएको देखिन्छ । यदि यो सफल भएमा, अमेरिका, दक्षिण अमेरिका र एशिया लगायत देशका हवाई कम्पनीहरुले पनि उभिएर यात्रा गर्न मिल्ने हवाईजहाज भित्राउने सम्भावना छ । –अनलाईनखबर

Leave A Reply

Your email address will not be published.